यो बर्षको दसैँमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

  असोज ०९, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , असोज ९ ।  हिन्दू नेपालीहरुको महान चार्ड दशैंमा देशको राजधानी काठमाडौं प्रायः सुनसान देखिन्छ ।

दशै नेपालीहरुको एक मात्र महान चाड भएकोले पनि विभिन्न पेसा व्यवसायमा रहेका मानिसहरु दशैमा घर फर्किने भएकोले यस्तो अवस्था आएको बताइन्छ । यस वर्षको दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।

यो संख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो । मौसम राम्रो भएमा १८ लाख हाराहारीमा मानिस उपत्यकाबाट बाहिरिने सम्भावना रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अघिल्लो वर्ष १३ लाखले दसैँमा उपत्यका छाडेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर