मिडियाबाजी डटकम काठमाडौँ , असोज २ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले नजिकिएको बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर आफ्ना विमानको निगमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने भएको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उडानलाई प्रभावकारी बनाएर यात्रुलाई सहज सेवा दिने उद्देश्यले २४ घण्टाभित्र ६० दिने कार्ययोजना पेसगरी तदारुकताकासाथ काम गर्न आज विभागीय प्रमुखलाई निर्देशन दिएका छन् ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमका नायब महाप्रबन्धक प्राविधिक, इञ्जिनियरिङ मेन्टेनेन्स विभाग, कन्टिन्युइङ एयरवर्दिनेस विभाग, क्वालिटी एस्योरेन्स विभाग र बजार व्यवस्थापन विकागका ला विभागीय प्रमुखलाई विमान नियमित उडानको कार्ययोजना ल्याउन निर्देशन दिइएको हो ।