मिडियाबाजी डटकम काठमाडौँ , भाद्र ३१ । भोली असोज एक गतेका दिन भगवान विश्वकर्माको जन्म दिन हो । त्यसैले उनको पूजा गरिन्छ । विश्वकर्मा पूजा भन्नसाथ हामी विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गर्छौं । जनकपुरधाम क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ तर भक्तजनले त्यसको परवाह नगरी पुजा पाठमा लगेको छ । विश्वकर्मा पुजाको २१ औ शताब्दीको बिज्ञान र प्रबिधीको युगमा झन महत्व बढेको छ । सबै पूजामा आफू चढ्ने बाहन तथा काम गर्ने प्रविधि र यन्त्रहरूको पूजा गर्दै आज विश्वकर्मा पुजा मनाईदै छ । प्रविधि र यान्त्रिक काम गर्नेहरूले आजको दिन कार्यस्थल सजाई धुमधामका साथ यो पर्व मनाउँछन् । विश्वकर्मा खुशी भए उनको गुण आफूमा प्राप्त हुने विश्वासमा कालिगढहरू उनको पूजा–आराधना गर्छन्। पौराणिक ग्रन्थ तथा संस्कृत साहित्यमा विश्वकर्मा ठूला वास्तुविद् भएको उल्लेख छ।
द्वापरयुगमा राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई भगवान् कृष्णलाई लुकाएको उल्लेख छ। परापुर्व काल देखि मनाइदै आएको बाबा विश्वकर्माको पूजा आज देशैभर भब्यताका साथ मनाईदै छ । हरेक कलकारखाना उघोग, कमप्युटर, मेशिन औजार, सवारी साधनलाई पुजा गरि ज्ञान बिज्ञान र सिपका भगवान बाबा बिश्वकर्मालाई आज सबैले सम्झने गर्छन ।
बढ्दो औधोगिकी करण संगै भगवान बिश्वकर्माको पुजा महोत्सवले महत्व पाएको छ । आध्यात्मबाद र भौतिक बादको संतुलनले मात्र चरम बिकाश गर्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण बिश्वकर्मा पुजा बनेको छ ।
बिशेष गरि हिनदु धर्मावलम्बीहरुले मनाउँदै आएको बिश्वकर्मा पुजा हिजो आज हरेक धर्म र जातका मजदुर तथ प्राबिधीकहरुले मनाउँदै आएका छन् । बिश्वकर्मा पुजाको भोली पल्ट आ(आफ्ना स्थानमा सजाएर पुजा गरेर राखिएका बिश्वकर्मा बाबाको मुर्ती बाजा गाजा, नाच गान सहित नजिकैको पोखरी तथा नदीमा लगेर सेलाईने परम्परा रहेको छ ।
विश्वकर्मा जयन्ती
हरेक वर्ष कन्या संक्रान्तिको दिनमा अर्थात १७ सेप्टेम्बरमा विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ ।
नेपाल लगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । यसैले विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् ।
यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् ।
को हुन भगवान विश्वकर्मा?
भगवान महादेवले ब्रहृमा र विष्णुलाई सृष्टिको सृजना र पालनको भिन्न भिन्नै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रहृमाले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए ।
विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे ।
भगवान विश्वकर्माको महत्व यो कुराले पनि स्मरण सकिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर गरिएको छ ।
उनको अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मुर्ती आदि रहेका छन् ।
विश्वकर्मा पूजाको आध्यात्मिक महत्व
जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरु विश्वकर्मा हुन् । सजिलो भाषामा भन्ने हो भने सम्पूर्ण सृष्टिमा जुन पनि कर्म सृजनात्मक हो जुन कामले जीवको जीवन सञ्चालित हुन्छ ।उनीहरु सबैको मुल विश्वकर्मा हो । त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ ।