देशभर ९ हजार ४८६ जनामा डेंगु सङ्क्रमण, ६ जनाको मृत्यु

  भदौ ३१, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र ३१ ।  देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको छ । पछिल्लो तथ्यांकअनुसार देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको हो । सो सङ्क्रमितमध्ये ६ जनामा मृत्यु भएको छ । मृत्यु भएकाहरू डेंगुमात्रै नभई अन्य रोग पनि रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दाबी गर्दै आएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का अनुसार देशभर फैलिएको सङ्क्रमित सङ्ख्यामध्ये ४ हजार ५३९ जना सङ्क्रमित गण्डकीमा रहेका छन् । यस्तै, बागमतीका २ हजार ४५३ जना, कोशीका १ हजार २७ जना सङ्क्रमित छन् । यस्तै, मधेसमा १८० जना, लुम्बिनीका ६४४ जना, कर्णालीका १३९ जना र सुदूरपश्चिममा ५०४ जनामा डेंगु फैलिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर