सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

  भदौ २८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र २८ ।  स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले वृद्धि भएको हो ।

बिहीबार प्रतितोला एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५६ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार आठ सय ६० रुपैयाँ निर्धारण भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर