मिडियाबाजी डटकम काठमाडौँ , भाद्र २७ । सुन र चाँदीको मूल्यमा उतारचढाव आएको छ । बिहीबार सुन १ सय रुपैयाँ सस्तो हुँदा चाँदीको भने १५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको १ लाख ५३ हजार ३ सय र चाँदी १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो दिन सुन १ लाख ५३ हजार ४ सय र चाँदी १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ५१८ अमेरिकी डलर र चाँदी २८.७७ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन् ।