सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतीमा हुदैछ आजको कारोबार ?

  भदौ २६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र २६ । प्रतितोला एक हजार रूपैयाँले बढेर बुधबार नेपाली बजारमा सुन हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
यो साता आइतबार प्रतितोला एक हजार दुईसय रूपैयाँले घटेर सोमबार र मंगलबार सामान्य वृद्धि भएको सुनको मूल्य बुधबार पनि उकालो लाग्दै प्रतितोला एक लाख ५३ हजार चारसय रूपैयाँ पुगेको छ ।

यसअघि गएको शुक्रबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ५३ हजार तीनसय रूपैयाँमा कारोबार भएको थियो। यो साता बुधबार पुनस् सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

चाँदीको मूल्य पनि लगातार वृद्धि भइरहेको छ। सोमबार र मंगलबार दुई दिनमा प्रतितोला १५ रूपैयाँले बढेको चाँदीको मूल्य बुधबार तोलामा १५ रूपैयाँले बढेर प्रतितोला एक हजार ७ सय ८० रूपैयाँ कायम भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर