मिडियाबाजी डटकम काठमाडौँ , भाद्र १८ । मंगलबार बिहानै सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।
भूकम्पको धक्काको महसुस सिन्धुपाल्चोक, काभ्रेसँगै काठमाडौं उपत्यकासम्म भएको थियो ।