मिडियाबाजी डटकम काठमाडौँ , भाद्र ११ । संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु भएको छ । मंगलबार बसेको सुनुवाइ समिति बैठबले १६ भदौदेखि सुनुवाइ गर्ने निर्णय गरेको छ ।
बैठकमा प्राप्त उजुरीहरु सांसदहरुलाई वितरण गरी उजरीहररूमाथि सांसदहरूले अध्ययन गरेपछि १४ भदौमा उजुरीकर्ताहरुलाई उजुरीको कारण र आधारबारे सोधपुछका लागि बोलाउने निर्णय गरिएको छ ।
उजुरीकर्तासँग छलफल सकिएपछि १६ भदौदेखि प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु गरी, २३ भदौसम्म सकेर २४ भदौमा निर्णय सुनाउने कार्यतालिका सुनुवाइ समितिले सार्वजनिक गरेको छ ।
समितिमा १७ प्रस्तावित राजदूतविरुद्ध ९ उजुरी परेका छन् । तीन उजुरी समावेशी सिद्धान्त अनुसार नभएको भन्दै चार उजुरी व्यक्तिकेन्द्रित रहेका समितिले जनाएको छ ।
३० साउनमा सुनुवाइ समितिले प्रस्तावित १७ राजदूतविरुद्ध १० दिने उजुरी आह्वान गरेकोमा निर्धारित समयभित्र ९ उजुरी परेका छन् ।