गोर्खा मिडियाका सञ्चालक जोशीसँग समितिले लियो बयान

  भदौ ०७, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ , भाद्र ७ । सहकारी संस्थाहरुको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान लिएको छ ।  आज (शुक्रबार) समितिले जोशीलाई सिंहदरबारस्थित समितिको कार्यकक्षमा बोलाएर बोलाएर बयान लिएको हो ।

पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी र चितवनको सहारा सहकारीबाट गोर्खा मिडियामा आएको बचतकर्ताको रकमबारे जोशीसँग बयान लिइएको हो । समितिले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग पनि बयान लिने भएको छ ।

लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन् । गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जीवी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएर काम गरेका थिए । समितिका सभापति सूर्य थापाका अनुसार, बयान लिने क्रम अन्तिम चरणमा पुगेको र अब प्रतिवेदन लेखनमा केन्द्रीत हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर