सशस्त्रका एसपी साहुको शैक्षिक प्रमाणपत्र नक्कली भेटियो

  भदौ ०७, २०८१

  मिडियाबाजी डटकम काठमाडौँ , भाद्र ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल (एपीएफ) का तत्कालीन प्रहरी उपरीक्षक (एसपी) वीरसिंह साहुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बढुवाका लागि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोपमा उनीविरुद्ध आज (शुक्रबार) विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो । 

साहुले  प्रहरी निरीक्षक पदमा बढुवाका लागि बीए तहको नक्कली प्रमाणपत्र पेश गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आयोगले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर