नेप्सेमा हालसम्मकै उच्च रकमको कारोबार, परिसूचकमा ९४ अङ्कको वृद्दि

  श्रावण २७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ ,साउन २७ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च नेप्सेमा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ३.४१ प्रतिशत अर्थात ९४.५३ अंकले बढेर २ हजार ८६०.९१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.७६ प्रतिशतले बढेर ५०१.९१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको ६ करोड १ लाख ३१ हजार ६४६ कित्ता सेयर २५ अर्ब ६० करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको कारोबार गत साउन २२ पछिकै उच्च कारोबार हो । त्यसबेला २३ अर्ब ७१ करोड बढीको कारोबार भएको थियो ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज जीवन बीमा समूहमा सबैभन्दा धेरै वृद्धि देखिएको छ । यो समूह आज ४.५५ प्रतिशतले बढेको छ । यस्तै आज बैंकिङ समूह ३.५५ प्रतिशत,विकास बैंक २.५८, वित्त ३।४८,होटल ०.९०, हाईड्रो ३.९३,लगानी ४.१२ ,उत्पादन तथा प्रशोधन १.७५,लघुवित्त ४.४०,म्युचुअल फण्ड ०.०१,निर्जीवन बीमा ३.४५ र अन्य समूह २.५१ प्रतिशतले बढ्यो ।

तपाईंको प्रतिक्रिया

थप खबर