लगातारको वर्षाले देशका विभिन्न नदीमा सतर्कता तह पार, सतर्क रहन आग्रह

  श्रावण २२, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, श्रावण २२ । मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न जिल्लामा रहेका नदीहरुमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी बसुपूर्व, नवलपरासी बसु पश्‍चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने स(साना नदीहरुमा बहाव बढ्ने तथा आकस्मिक बहावको उच्च जोखिम अतिउच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

त्यस्तै, महाशाखाले काठमाडौं जिल्लास्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र यो नदी किनार भई यात्रा गर्नेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर