मिडियाबाजी डटकम काठमाडौँ, श्रावण २० । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार २२ क्यारेटको सुन प्रतितोला १ लाख ३७ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार २२ क्यारेटको सुन प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आइतबार चाँदी १ हजार ७८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।