ग्लोरी टिन एण्ड किड्स ट्यालेण्ट्सको प्रथम अडिसन साउन १९ मा गोंगबु आत्मज्ञान स्थित कुक्कुमा हुने

  श्रावण ११, २०८१

मिडियाबाजी डटकम,काठमाडौँ,साउन ११ । ग्लोरी टिन एण्ड किड्स ट्यालेण्टसको प्रथम अडिसन गोंगबुँ आत्मज्ञान स्थित कुक्कु रेष्टुरेष्ट एण्ड ईभेण्टमा हुने भएको छ ।

यस सौन्दर्य प्रतियोगिताको लागि श्रावण १९ गते शनिबार बिहान १० बजेदेखी ३:३० बजेको समयसम्म अडिसन हुन लागेको हो । नेपाल टेलिभिजनबाट बाल कार्यक्रम देखि हास्य टेलिशृङ्खला हुँदै मेगा इभेन्ट मानिने टेलिभिजन रियालिटी शो आयोजना साथै सहकार्यमा विविध इभेन्ट कार्यक्रम प्रस्तुत गर्दै आएको ग्लोरी मिडियाले बाल दिवस २०८१ को अवसर पारेर कार्यक्रम आयोजना गर्न लागेको हो । ७ देखी १८ वर्षसम्मका बालबालिकाहरूले कार्यक्रममा भाग लिन पाउने मिडियाले जनाएको छ । जसमा ७ वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकाले किड्स ट्यालेण्ट र १३ देखी १८ वर्ष उमेरका बालबालिकाहरूले टिन ट्यालेण्टमा भाग लिन पाउनेछन् । प्रतियोगीले १८ घण्टा बराबर करिब २० दिन अवधिको कोरियोग्राफीसहित व्यक्तित्व विकास, आत्मविश्वास, मोडलिङ, क्यामेरा फेस तथा टेलिभिजन कार्यक्रम संचालन लगायतका विषयमा प्रशिक्षण प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तर्गत प्रथम अडिसन पस्चात् १८ घण्टाको लागि प्रशिक्षण शुरु हुनेछ भने भाद्र २९ गते राष्ट्रिय बाल दिवसको अवसरमाझ ग्राण्ड फिनाले कार्यक्रम आयोजना गरिने ग्लोरी मिडियाका अध्यक्ष एवम् प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिएका छन् ।

कार्यक्रममा अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य मुख्य कोरियोग्राफर रहने पनि उनले बताए । ‘यो सौन्दर्य प्रतियोगिता मात्रै नभई बृहत् र बाल सहभागितामूलक टेलिभिजन कार्यक्रम निर्माणको तयारी पनि हो । त्यसैले यो प्रतियोगिता अन्य प्याजेन्ट शो भन्दा भिन्न हुनेछ र हामी बालबालिकामैत्री शोको अवधारणालाई अगाडि बढाउने प्रयत्न यसै प्रतियोगिता मार्फत गर्दैछौँ’ ओझाले कार्यक्रम आयोजनाको उदेश्य माथि प्रकाश पार्दै भने । ग्लोरीले कार्यक्रमका लागि वर्ल्ड टच टुर्स एण्ड ट्राभल्स, ल्होत्से थकाली, ग्रिन भ्याली रिसोर्ट, ग्लोबल अनलाईन पे, घोरीवाला मार्ट, एभेन्टोज नेपाल, मोडल सङस नेपाल, राज्य मिडिया नेटवर्क लगायतका संस्था तथा कम्पनीहरूसँग सहकार्य गरेको छ भने सहकार्य साझेदारहरू थप गरिंदै लगिने पनि जनाएको छ । प्रतियोगितासँग केही ठुला कम्पनीहरू, बालबालिकाको अधिकारको क्षेत्रमा कृयाशिल संघ संस्था, शिक्षालय तथा सो सम्बद्ध छाता संस्था, अभिभावक सम्बद्ध संस्था आदी समेत प्रायोजक र साझेदारका रुपमा जोडिन सक्ने बाटो खुला रहेको ओझाले बताए ।

प्रतियोगिताका उपाधी विजेतालाई नगद २५ हजार, फर्स्ट रनर अपलाई १५ हजार र सेकेण्ड रनर अपलाई १० हजार नगदसहित पोखरा जाने आउने टुरिष्ट बसको टिकट उपलब्ध गराइनुका साथै अन्य गिफट् ह्याम्पर प्रदान गरिने छ । त्यसो त कार्यक्रमका विजेताहरुले ग्लोरी मिडियाले एनटिभि न्युजमा बुधबार राती ९:१५ मा प्रस्तुत गर्दै आएको पाक्षिक कार्यक्रम सचेतनामा बालबालिका विशेष ईपिसोड संचालन गर्न पाउनेछन् । बाल दिवसको अवसर पारेर ग्लोरी मिडियाको आयोजनामा हुन लागेको ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसले बालबालिकाहरुको अधिकारलाई समेत मुखरित गर्नेमा आफु विश्वस्त रहेको साझेदार कम्पनी राज्य मिडिया नेटवर्कका सिईओ डेभिल सिँह राजपुतले बताए ।

टेलिभिजन कार्यक्रमतर्फ बाल कार्यक्रम बाल आवाज, हास्य टेलिश्रीङ्खला कुरा मात्र भो, कुकिङ रियालिटी शो कलेज सेफ आईकन, शान्ती तथा परिवार विशेष कार्यक्रम आदर्श परिवार हुँदै हाल पनि एनटिभी न्युजमा कार्यक्रम सचेतना प्रस्तुत गर्दै आएको ग्लोरीले इभेन्टतर्फ फेस अफ नेशन, द मम्, सुपर प्लस साईज मोडल, नेक्स्ट सुपर मोडल लगायतका सफल इभेन्टहरुमा साझेदार रहि कार्य गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर