बहादुरसिंह लामा तामाङको दाबी पेस कार्यक्रम स्थगित

  श्रावण ०७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ,साउन ७। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा तामाङले दाबी पेस कार्यक्रम स्थगित भएको छ । यसअघि आज बिहान १० बजेको मुख्यमन्त्री दावी पेश गर्ने भनिएको थियो । तर, अन्तिम समयमा कार्यक्रम स्थगित गरिएको हो ।

नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादव चन्द्र शर्माले ८ साउन ५ बजेभित्र संविधानको धारा १६८ ९२० अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

कांग्रेस सांसद कुन्दनराज काफ्लेका अनुसार समयसीमा बाँकी नै रहेको र थप तयारी गर्नुपर्ने भएकाले आजका लागि दावी पेश गर्ने कार्यक्रम स्थगित गरिएको हो । कांग्रेस एमाले गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका लामाले अब मंगलबार मात्र दाबी गर्ने भएका छन् । लामाले मंगलबार बिहान मुख्यमन्त्रीमा दाबी गर्ने बताएका छन् ।

एमाले र कांग्रेसको सहमतिमा लामाको मुख्यमन्त्रीमा दाबी गर्ने कार्यक्रम रोकिएको बताइएको छ । एमाले स्रोतले भने मन्त्रालय भागबण्डा नमिलेका बताएको छ । एमालेले मागेका सात मन्त्रालय दिन कांग्रेस तयार नभएको स्रोतको भनाइ छ । कांग्रेसले ६ वटा मन्त्रालय दिन प्रस्ताव गरेको एमालेका एक सांसदले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर