ह्वात्तै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

  श्रावण ०४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, साउन ४ ।  शुक्रबार सुनको भाउ तोलामा २ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँ मूल्य तय भएको छ ।

यसअघि बिहीबार १ लाख ४९ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । बुधबार हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १८६० रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर