राईको ‘ किवाहाङ’ विमोचित

  असार २८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, आषाढ २७।नेपाली गोरखालीहरूको योगदानमा आधारित ऐतिहासिक उपन्यास ‘किवाहाङ’ विमोचित भएको छ।

काठमाडौँँको अनामनगर स्थित सिलौटो रेष्टुरेण्टको सभा कक्षमा संखुवासभा जर्नलिस्ट एसोसिएशनको आयोजनामा राज कुमार राईको उपन्यास किवाहाङको विमोचन भएको हो । जर्नलिस्ट एसोसिएशनका अध्यक्ष शंकर खनालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि प्रा.डा.सुरेन्द्र केसीले गर्नुभएको थियो।अतिथिहरूमा वरिष्ठ साहित्यकार दिनेश अधिकारी, वरिष्ठ संगीतकार एवं लेखक वुलु मुकारुङ, साहित्यकारहरू माया ठकुरी, गीता रेग्मी आदिको विशेष उपस्थिति थियो ।

समारोहलाई जर्नलिस्ट एसोसिएशनका सचिव उद्धव भट्टराईले स्वागत मन्तव्य दिनुभएको थियो ।सावब्लाबुङ पुस्तकालय अभियानको अध्यक्ष एवं साब्लाबुङ साहित्यिक पत्रिकाका सम्पादक पनि रहेका राजकुमार राईले पुस्तकालय अभियानमा सहयोग गर्नुहुने विभिन्न व्यक्तित्वहरूलाई सम्मान पत्रसहित सम्मान गरिएको थियो । राईले विगत ६ वर्ष देखि अहिले सम्म २१ वटा जिल्लाहरूको डोल्पा, मुगु, सोलुखुम्बु, भोजपुर, संखुवासभा आदि जस्ता दुर्गम र विकट गाउँहरूमा पुस्तकालयको लागि नि:शुल्क पुस्तकहरू वितरण गर्दै आउनुभएको छ ।

अहिलेसम्म करिब ४४ लाख भन्दा बढी मूल्य पर्ने पुस्तकहरू राईले वितरण गरेको र यो प्रक्रिया निरन्तर जारी भएको कुरा उल्लेख गर्नुभएको थियो । त्यस्तै उहाले आफूले कुनै बेला सुन बेचेर पुस्तक संकलन गरेको पुराना दिनहरूको स्मरण सुनाउनुभएको थियो । उक्त कार्यक्रममा विभिन्न साहित्यकार, लेखक, वुद्धिजिवी तथा पत्रकारहरूको उल्लेख्य उपस्थित रहेको थियो ।कार्यक्रमको संचालन कवि भावेश भुमरीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर