उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

  असार २८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ आषाढ २७ ।  कोलम्बिया कोपा अमेरिकाको फाइनलमा पुगेको छ । जारी कोपा अमेरिकाको सेमिफाइनलमा उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । कोलम्बियाका लागि खेलको ३९औं मिनेटमा जेफेरसन लेर्माले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यस खेलमा पहिलो हाफको इन्जुरी समयमा कोलम्बियाका डानियल मुन्जोले रातो कार्ड पाएपछि कोल्मबिया दोस्रो हाफ १० खेलाडीमा खेलेको थियो ।

योसँगै कोलम्बियाले फाइनलमा र्जेन्टिनाको सामना गर्ने छ । फाइनल खेल आइतबार बिहान नेपाली समयअनुसार ५ः४५ बजेदेखि सुरु हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर