नारायणी नदीको बाढीले नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बगायो, ५९ जनालाई सुरक्षित राखियो !

  असार २४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ आषाढ २३ । नारायणी नदीमा आएको बाढीले नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बगाएको छ । पुलका दुबैतर्फका पिल्लरहरु भत्काउँदा पुलसमेत बगेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । नारायणी नदीको दुई भंगालोको बीचमा रहेको नगरवनमा आन्तरिक पर्यटकहरु घुम्न जाने गर्दथे । यहाँ बीपी कोइरालाको शालिकसमेत राखिएको छ ।

नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेपछि नदी तटीय क्षेत्रका वासिन्दाहरुलाई विभिन्न सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिका वडा न १६ गुम्बाचोबाट २६ महिला र ३३ पुरुष गरी ५९ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर