मिडियाबाजी डटकम काठमाडौँ , जेठ २६ । गीत, गजल र शीतल कार्यक्रमको एक्काइसौँ श्रृङ्खला सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको अवसरमा सुप्रसिद्ध गायक तथा संगीतकार प्रमोद खरेललाई ‘स्वर सुमेरू’को उपाधिले अभिनन्दन गरिएको छ। वरिष्ठ कवि तथा गीतकार शितल कादम्बिनीको विशेष संयोजन भएको कार्यक्रममा र दुई गजलकारलाई समेत सम्मान गरिएको थियो। अनामनगरमा अवस्थित तमू बौद्ध सेवा समिति नेपालको सभाहलमा घोस्ट राईटिङ नेपाल र तमू बौद्ध सेवा समिति नेपालको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रममा गायक खरेललाई उक्त उपाधिले सम्मानित गरिएको हो। गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापाले अभिनन्दन पत्र प्रदान र डेलमान गुरुङले खरेललाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।डाक्टर शेखर गुरुङले स्रस्टाहरूलाई मायाको चिनो प्रदान गर्नु भएको थियो।
नेपाली कला क्षेत्रमा गायक खरेलले पुर्याएको विशेष योगदानलाई कदर गरी उक्त उपाधि प्रदान गरिएको हो साहित्यकार निशान निष्कर्षले सञ्चालन गरेको कार्यक्रममा गजलकार रावत र बबिता भुजेलले गजल वाचन गरेका थिए । लेखन कुञ्जका अध्यक्ष कमल ढकालले कार्यक्रममा शुभकामना तथा स्वागत मन्तव्य राखेका थिए ।कार्क्रयममा साहित्यकार, संगीतकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य उपस्थिती थियो।
गजलकार रावत र बबिता भुजेलले ६/६ वटा गजल वाचन गरेका थिए । उनीहरूको गजल वाचनमा उपस्थित सबै मोहित भएका थिए।