चितवन दुर्घटना : घाइते ट्रक चालकको उपचारको क्रममा मृत्यु

  जेठ १४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १४ ।   चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा दुर्घटना हुँदा घाइते भएका थप एक जना युवकको उपचारको क्रममा मृत्यु भएको छ । योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ ।

दुर्घटनामा १७ वर्षीय किशोरको पनि मृत्यु भएको छ । मृतकको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए ।

चितवन मेडिकल कलेजमा उपचाररत राजन सुवेदीको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका घर भएका ट्रक चालक हुन् । दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइतेहरूमध्ये ४ जनाको अवस्था गम्भीर छ । १३ जनाको मध्यम र ३ जनाको अवस्था सामान्य रहेको डीएसपी रिजालले जानकारी दिए ।

गए राति काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको डिब्बा ट्रक, काठमाडौँबाट बर्दिबास जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर