महेश बस्नेत पक्राउ पर्दै,उच्चले दियो यस्तो आदेश

  बैशाख २२, २०८१

मिडियाबाजी डटकम काठमाडौँ ,वैशाख २२। नेकपा एमालेका सांसद महेश बस्नेत पक्राउ पर्ने सम्भावना बढेको छ।

उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावलको एकल ईजलासले हिजो एक आदेश जारी गरे अनुसार निज पक्राउ पर्ने सम्भावना बढेको हो। आदेश अनुसार जिल्ला सरकारी वकील कार्यालय काठमाडौँलाई बाटो को म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पठाउन आदेश दिएको छ ।

आदेशमा भनिएको छ: यसमा के कसो भएको हो? निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाण सहित प्रस्तुत आदेश सहितको म्याद सूचना पाएका मितिले बाटाको म्याद बाहेक १५ दिन भित्र उच्च सरकारी वकील कार्यालय, पाटन मार्फत लिखित जवाफ पेश गर्नु ।भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४१(२) बमोजिम प्रत्यर्थीहरूका नाममा यो आदेश जारी गरी दिएको छ। प्रत्यर्थीहरूबाट लिखित जवाफ परे वा पर्ने अवधि व्यतित भएपछि नियमानुसार गरी पेश गर्नू।

जानुका पाठक (शोभा) ले जिल्ला सरकारी वकील कार्यालय, काठमाडौं समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा उच्च अदालत पाटनले यस्तो आदेश जारी गरेको हो । अब आवश्यक सबुद प्रमाणहरू अदालतमा झिकाए पश्चात् आरोपितहरू कसुरमा संलग्न देखिएको खण्डमा पक्राउ पर्दछ । यो मुद्दामा नेकपा एमालेका सांसद बस्नेतलाई मुख्य प्रतिवादी बनाई जाहेरी दर्ता गरेकी थिईन्।

तपाईंको प्रतिक्रिया

थप खबर