मिडियाबाजी डटकम काठमाडौं,चैत्र ११।धादिङ जिल्लाको थाक्रे गाउँपालिका – ७ , मा अवस्थित श्री बाराही आधारभूत विद्यालयले स्थापनाको ३५ औं वर्षपछि पहिलोपटक वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा सभापतिको रुपमा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष उद्धव खतिवडा, प्रमुख अतिथिमा बागमती प्रदेश सांसद मदुकुमार श्रेष्ठ, विशेष अतिथिमा थाक्रे गाउँपालिकाको अध्यक्ष रामकुमार आचार्य, अतिथिहरूमा पालिका उपाध्यक्ष यन्त्र बहादुर थापा (जिन्दगी) वडा नम्बर ७ का अध्यक्ष युवराज खतिवडा,अन्य वडाका अध्यक्षहरू लगायत विभिन्न राजनीति दलका पार्टी प्रतिनिधिहरू ,साहित्यकार , पत्रकार , गैर सरकारी संस्थाका पदाधिकारीहरू ,समाजसेवी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।कार्यक्रममा विद्यालयलाई योगदान दिएका पूर्व शिक्षकहरूको सम्मान , विद्यालयलाई जमिन तथा आर्थिक सहयोग प्रदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधार सुधार गर्ने विषयमा प्रदेश सरकार सदनमा आवाज उठाउने प्रमुख अतिथि श्रेष्ठले प्रतिवद्धता व्यक्त गरे । सरकारी विद्यालयमा आर्थिक लगानी नपर्ने भएकोले विद्यार्थीको संख्या घटेको विशेष अतिथि आचार्यले बताए। कार्यक्रममा विद्यार्थी समूह तथा शिक्षक शिक्षिकाहरूको समूहले नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए। कार्यक्रमको संचालन सोही विद्यालयको पूर्व प्रधानध्यापक तेजराज वस्तीले गरेका थिए।
तस्बिरमा सम्मानित हुनेहरू :-