मिडियाबाजी डटकम काठमाडौँ, चैत ११ । सुन तस्करी प्रकरणमा दोषी देखिएका प्रहरीमाथि कारबाही गर्न गृहमन्त्रालयले नयाँ समिति गठन गरेको छ ।
अनुसन्धानमा लापरवाही गर्ने, अभियुक्तलाई फगाउन सहयोग गर्ने प्रहरीलाई कारबाही गर्न मन्त्रालयले कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको हो ।
समितिमा नेपाल प्रहरीका डीआईजी भीमप्रसाद ढकाल र गृह मन्त्रालयकै प्रहरी प्रशासन शाखाका उपसचिव रामबहादुर शाही सदस्य रहनुभएको छ ।
समितिले उच्चस्तरीय सुन तस्करी जाँचबुझ आयोगले दिएको प्रतिवेदन अध्ययन गरेर कसलाई के कारबाही गर्ने भन्ने सिफारिस गर्नेछ । जाँचबुझ आयोगले चारजना प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।