चट्याङ लागेर पाँचथरमा एक प्रहरी सहायक हवल्दारको मृत्यु

  चैत ०७, २०८०

मिडियाबाजी डटकम काठमाडौँ, चैत ७ । चट्याङ लागेर पाँचथरमा एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको चट्याङ लागेर मृत्यु भएको हो ।

प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर