मिडियाबाजी डटकम काठमाडौं,पौष २३ । काठमाडौं महानगरपालिकका मेयर बालेन साहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाइ दिएका छन्। मेयर साहले राष्ट्रिय सभागृहमा रहेको अधिकारीको कार्यकक्षमा ताला लगाएका हुन् ।
महागरपालिकाको स्वास्थ्य विभागतर्फका कर्ममारी नियुक्तीको विषयमा मेयर साह र प्रमुख प्रशासकीय अधिकृत अधिकारीबीच विवाद भएपछि सुरुमा अधिकारीलाई कार्यलय प्रवेशमा रोक लगाइएको थियो ।
सो विषयलाई लिएर मेयर साहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती विडारीलाई निलम्बन गरिएको थियो ।