मिडियाबाजी डटकम काठमाडौं,आश्विन १८। नेपाली टेलिसिरियल “आशा जिन्दगीकाे” आजबाट प्रशारणमा आउने भएकाे छ ।
उक्त टेलिसिरियलमा समाजकाे यथार्थ घटनालाई चित्रण गरिएकाे छ । विगत १ दशकदेखि कलाकारीता क्षेत्रमा सक्रिय कलाकार सुदिपबाबु खतिवडाकाे परिकल्पना/कथा/पटकथा/संवाद रहेकाे छ भने मुख्य सहायक निर्देशनमा जगदिश अधिकारी रहेका छन् ।
उक्त टेलिसिरियलमा “हिजाे आज”का सहायक निर्देशक रमेश अधिकारी(बुहारीका भक्ते)को निर्देशन रहेकाे छ । निर्माता संगीता खनाल हुन । कलाकारमा जुठेकि आमा विधा कार्की , बुहारीका भक्ते , सुदिपबाबु खतिवडा, राजेन्द्र नेपाली (लट्टे) , जगदिश अधिकारी , कल्पना खतिवडा , आरजे सिंह, संगीता खनाल , दिपक अधिकारी , माधव भुर्तेल , उमाकान्त सापकाेटा , अशाेक भुजेल , सुसन खतिवडा , भगवान भण्डारी , भुमिका गिरी , राकेश रानापाल , विपना चाैलागाई निर्मल पुरी ‘भोगी’ लगायतका कलाकारहरूकाे अभिनय देख्न पाईन्छ । छायांकन जाेन राई र लाेक ओलीकाे रहेकाे छ भने सम्पादन जाेन राई र प्रेम शर्माकाे रहेकाे छ ।
सिरियल युटुब च्यानल aasha jindagiko official बाट प्रसारण आज बेलुकी ५:०० बजेदेखि प्रसारण हुने भएको छ ।