सन्दीपविरूद्धको मुद्दामा पीडितलाई १ लाख क्षतिपूर्ति दिन आदेश

  असार ११, २०८०

मिडियाबाजी डटकम काठमाडौं,असार ११ ।   क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले गौशाला २६ लाई क्षतिपूर्ति दिन आदेश दिएको छ ।
सोमबार काठमाडौं जिल्ला अदालतले क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा जाहेरीकर्ता गौशाला २६ लाई राहातस्वरूप १ लाख क्षतिपूर्ति दिन आदेश दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले जाहेरीकर्ता गौशाला २६ लाई राहातस्वरूप सरकारी कोषबाट १ लाख क्षतिपूर्ति दिन आदेश दिएको हो । जाहेरीकर्ता गौशाला २६ ले लामिछानेबाट १० लाख र मासिक ५० हजार भरणपोषण खर्च मागेकी थिइन् ।

तपाईंको प्रतिक्रिया

थप खबर