मदर्श इन्स्टिच्युट र नेशनल लाइफको सहकार्यमा करिअर काउन्सिलिङ कार्यक्रम सम्पन्न

  जेठ १३, २०८०

मिडियाबाजी डटकम काठमाडौं,जेष्ठ १३। आम्दानी कसरी बढाउने भन्ने विषयमा आज विमा र अभिकर्ता व्यवसायको बारेमा परामर्श तथा गोष्ठी कार्यशाला (इन्स्योरेन्स एण्ड करिअर काउन्सिलिङ) कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम मदर्श आईटी एण्ड एजुकेशन इन्स्टिच्युट कम्पनीको आयोजनामा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सहकार्यमा खाँडादेवी फुडल्याण्ड एण्ड ब्याङक्वीट कलंकी काठमाडौँमा सम्पन्न भएको हो। कार्यक्रम सभापतिको रूपमा ईन्ष्टिच्युटका सञ्चालक केबी श्रेष्ठ रहेका थिए।

प्रमुख अतिथिको रुपमा इन्स्योरेन्स करिअर काउन्सिलर ,पेशागत विमा अभिकर्ता संघको केन्द्रीय उपाध्यक्ष , नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका सिनियर बिजनेस म्यानेजर तथा एमडीआरटी एचिभर दिपक अर्याल, बिशिष्ट अतिथिका रुपमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका सिनियर बिजनेस म्यानेजर तथा एमडीआरटी एचिभर रुपक पराजुली, सोही। इन्स्टिच्युटका शिक्षक निर्देश आचार्य, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी कलंकी शाखाका कर्मचारी रोशन शाक्य आदिको सहभागिता रहेको थियो। कार्यक्रमको व्यावस्थापन इन्स्टिच्युटका सनम रम्तेलले गरेका थिए।

कार्यक्रममा बोल्दै रुपक पराजुली र दिपक अर्याल

कार्यक्रममा इन्स्टिच्युटका विद्यार्थीहरूको तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमलाई मिडियाबाजी डटकमले मिडिया सपोर्टरको रूपमा सहयोग गरेको थियो।कार्यक्रममा विभिन्न विद्यार्थीहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए।विमा किन गरिन्छ? यसको आवश्यकता किन पर्दछ? विमाको अभिकर्ता पेशाबाट कसरी आम्दानी गर्न सकिन्छ? भन्ने कुराहरूको बारेमा व्यापक रूपमा छलफल तथा अन्तर्क्रिया भएको थियो । कार्यक्रमलाई इन्स्टिच्युटका शिक्षिका अमृता अर्यालले उद्घोषण गरेकी थिइन्।

तपाईंको प्रतिक्रिया

थप खबर