मेरी बास्सैबाट घिरौंले र बैकुण्ठ बाहिरिए : अब नयाँं सिरियल ‘भाविको लेखान्त’ ल्याउने

  जेठ १२, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेठ १२ । हास्य सिरियल ‘मेरी बास्सै’मा घिरौंले र बैकुण्ठ नामले चिनिएका कलाकार लेखान्त भुषाल र रमेश बुढामगरले नयाँं सिरियल ‘भाविको लेखान्त’ ल्याउने भएका छन् ।

काठमाडौंमा एक कार्यक्रम गर्दै सिरियलको प्रोमो तथा कलाकार सार्वजनिक गरिएको हो । सिरियल आगामी जेठ १४ गते आइतवार बेलुका ५ः४५ बाट लेखान्त अफिसियल युट्युबमार्फत प्रशारण हुनेछ । सिरिजको निर्देशन सुरेन्द्र थापा र रमेश बुढा मगरले रहेका छन् ।

प्र्रोमोको लिंक:-https://youtu.be/LESud0C5cOE

धादिङमा छायांकन भएको सिरिजको ८ भाग तयार गरिएको छ भने बाँकी भागको छायांकन बिस्तारै हुने जानकारी कार्यक्रममा दिइयो ।

कार्यक्रममा कलाकार तथा निर्देशकहरुले शुभकामना दिएका छन् । उनीहरुले सामाजिक कथामा यो सिरिज ल्याउन लागेका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर