नेपाली सेनाको टोली सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा

  जेठ ०१, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेठ १ ।  नेपाली सेनाको टोली सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेको छ ।

सफा हिमाल अभियानमा खटिएको सेनाको टोलीले सोमबार सफल रूपमा सगरमाथाको आरोहण गरेको हो ।

सफल रूपमा सगरमाथा आरोहण गर्नेहरूमा कर्णेल किशोर अधिकारी, कप्तानहरु दिपेन्द्रसिं खत्री, विष्णुबल राई र दुई जवानहरु किशोर जवेगु, शंकर कुँवर रहेका छन् । उनीहरू बिहान १० बजेर ५ मिनेटमा चुचुरोमा पाइला टेकेका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर