सुरु भयो हिमालयन लाइफ इन्स्योरेन्स, चुक्ता पुँजी आठ अर्बभन्दा माथि

  बैशाख २७, २०८०

मिडियाबाजी डटकम काठमाडौं, बैशाख २७। यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भइ हिजो बैशाख २६ गतेदेखि एकिकृत कारोबार शुरु भएको छ ।

यी तीन कम्पनीले एक आपसमा गाभिन बीमा प्राधिकरणबाट बैशाख १३ गते अन्तिम स्वीकृति पाएका थिए । मर्जर भएपछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको हो । यी तीन कम्पनी बराबरी हैसियतमा गाभिन लागेका हुन् ।यूनियन ,प्राइम लाइफको बैशाख ६ गते बिषेश र गुराँस लाइफको बैशाख ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट यी तिनै कम्पनीले मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए ।

नेपाल धितोपत्र बोर्डले यी तिन कम्पनीलाई बैशाख १९ तथा कम्पनी रजिष्ट्रार कार्यालयले बैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । मर्जर पश्चात बन्ने कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइम लाइफको कार्यालय रहेको स्थानमा रहने जनाइएको छ । एकिकृत कारोबार सुरु गर्नको लागि डाटा माइग्रेसनको काम गर्नु पर्ने भएकोले वैशाख २३, २४ र २५ गतेसम्म ३ वटै कम्पनीले प्रदान गर्ने सम्पूर्ण बीमा सेवाहरू बन्द भएको थियो ।

प्राइम लाइफ र गुराँस लाइफ २०६४ सालदेखि संचालनमा आएका हुन् भने यूनियन लाइफ इन्स्योरेन्सले २०७४ सालदेखि जीवन बीमा व्यवसाय प्रारम्भ गरेको थियो । गुराँस लाइफ इन्स्योरेको हाल चुक्ता पूँजी २ अर्ब ५३ करोड ६५ लाख ६३ हजार रुपैयाँ रहेको छ । यूनियन लाइफको २ अर्ब ३४ करोड २८ लाख र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ३ अर्ब १४ करोड रुपैयाँ रहेको छ । अब मर्जरपछि बनेको हिमालयन लाइफको चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ कायम भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर