निरा पाण्डे आचार्यको हत्यामा संलग्न आरोपी झापाबाट पक्राउ

  बैशाख १७, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख १७ । कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्न आरोपीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । करिब १३ वर्षदेखि भाँडा पसल सञ्चालन गर्ने आचार्यको वैशाख ७ मा पसलमै हत्या भएको थियो ।

हत्यामा संलग्न आरोपमा विनोद विकलाई पक्राउ गरिएको अनुसन्धान समितिका एकजना सदस्यले बताए । अनुसन्धानमा संलग्न अधिकृतहरुकाअनुसार विनोद झापाको धुलाबारीका स्थानीय हुन् । आरोपीको विस्तृत विवरण खुलिसकेको छैन । घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर