मिडियाबाजी डटकम काठमाडौं । सुनको भाउ मंगलबार तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेर १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार रुपैयाँ निर्धारण भएको छ ।
यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको १ लाख ९ हजार १०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ८ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यता, मंगलबार चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय २० रुपैयाँ निर्धारण भएको छ ।