खेन्पो रिन्पोर्छे छिमे छिरिङले भने बुद्ध नेपालमा जन्मेको भन्न नसक्नु अपमान हो

  बैशाख ११, २०८०

मिडियाबाजी डटकम काठमाडौं, बैशाख ११। विश्व बौद्ध शिखर सम्मेलन २०२३-अन्तर्राष्ट्रिय बौद्ध महासंघ (IBC) द्वारा आयोजित कार्यक्रममा संविधानसभा सदस्य एवं बौद्ध धर्म गुरु खेन्पो रिन्पोर्छे छिमे छिरिङले गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्न नसक्नु बुद्धको अपमान हुने बताएका छन् ।
उनले बुद्ध नेपालमा जन्मेको र भारतमा ज्ञान प्राप्त गरेको विषयलाई विश्व बौद्ध सम्मेलनमा महत्वका साथ उठाएका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको विश्व बौद्ध सम्मेलनमा उनले सम्बोधन गर्दा भारतीय मन्त्री तथा विशिष्ठ व्यक्तिहरु सहभागी थिए ।
लामाले भारत बुद्दको पनि पवित्र भूमि भएकोमा कुनै द्वविधा नभएको बताउँदै कुनै बेलाको गणराज्य लुम्बिनीमा बुद्ध जन्मिएको भन्न कसैले आनाकानी गर्नु नपर्ने बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर