मिडियाबाजी डटकम काठमाडौं, चैत्र २३ । इन्धनको मूल्य घटेसँगै हवाई भाडा समेत घटेपछि यात्रुहरुलाई आर्थिक सहजता देखिएको छ । चैत्र २२ गतेदेखि नै लागुहुने गरि हवाई भाडाको मूल्य घटेको हो । सबैभन्दा धेरै काठमाडौंदेखि धनगढीसम्मको रुटको हवाई सेवा मूल्य घटेको देखिन्छ ।
सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै हवाई सेवा मूल्य घटेको हो ।
हवाई भाडा : कुन रुटमा कति घट्यो ?
- – काठमाडौंदेखि धनगढीको उडानमा ४ सय ४० रुपैयाँ
– घटेको मूल्य अनुसार अब काठमाडौंदेखि धनगढीको उडानमा कायम भाडा ७ हजार ५ सय १० - – काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३ सय ४५ रुपैयाँ
– घटेको मूल्य अनुसार अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४ सय ९० रुपैयाँ - – काठमाडौंदेखि भद्रपुरसम्मको उडानमा तीन सय रुपैयाँ
– काठमाडौंदेखि विराटनगरसम्मको उडानमा २ सय ४० रुपैयाँ
– काठमाडौंदेखि जनकपुरसम्मको उडानमा एक सय ३० रुपैयाँ
– काठमाडौंदेखि भरतपुरसम्मको उडानमा एक सय पाँच रुपैयाँ
– काठमाडौंदेखि पोखरासम्मको उडानमा एक सय ५५ रुपैयाँ
– काठमाडौंदेखि भैरहवासम्मको उडानमा दुई सय पाँच रुपैयाँ - – काठमाडौंदेखि नेपालगञ्जसम्मको उडानमा तीन सय २५ रुपैयाँ
– काठमाडौंदेखि तुम्लिङटारसम्मको उडानमा एक सय ८५ रुपैयाँ
– काठमाडौंदेखि सिमरासम्मको उडानमा ९० रुपैयाँ
– काठमाडौंदेखि सुर्खेतसम्मको उडानमा तीन सय ४५ रुपैयाँ
– काठमाडौंदेखि राजविराजसम्मको उडानमा दुई सय पाँच रुपैयाँ