इन्द्रदह अस्वभाविक रुपमा सुक्दै

  चैत २१, २०७९

मिडियाबाजी डटकम काठमाडौं,चैत २१।काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिकामा अवस्थित कालुपाण्डेको समाधिस्थल नजिकै रहेको ईन्द्रदह भौतिक संरचनाहरूको निर्माणका कारणलेअस्वभाविक रुपमा सुक्दै गएको स्थानीयहरूले गुनासो गरेका छन्।

ईन्द्रदहको भित्तामा रहेको कुवालाई सिमेन्ट बालुवा प्रयोग गरेर पुरेपछि यो दहमा सदाको भन्दा चाँडै पानी सुक्न थालेको त्यहाँका एक स्थानीयले मिडियाबाजी डटकमलाई बताए । उनले यही कुवा पुरेको नै हो हामीलाई चित्त नबुझेको भनेर गुनासो गरे । ईन्द्रदहमा योजना नबनाई पुराना वृक्षहरू काटेर त्यहाँ ट्रष्टहरू बनाई वनभोज क्षेत्र (पिकनिक स्पट) निर्माण गरिएको कारणले पनि आगन्तुकहरूको कारण र व्यवस्थापन समितिको लापरबाहीको कारण व्यापक फोहोरमैलाहरू पनि यत्रतत्र छरिएर रहेका छन्। जहाँ फोहोर राख्ने भाँडाहरू समेत राखिएका छैनन्।


ईन्द्रदहमा ईन्द्रजात्राको दिन विशेष मेला लाग्दछ बाली लगाउने बेलामा खडेरी परेमा यहाँ आएर ईन्द्र देवताको पूजाअर्चना गर्दा जल बर्षिने स्थानीयहरूको विश्वास रहिआएको पाइन्छ। बाह्रै महिना पानी रहिरहने यो पोखरीमा यसपाली चाँडै फागुनमै पानी सुकेको एक स्थानीले मिडियाबाजी डटकमलाई बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर