मिडियाबाजी डटकम काठमाडौँ,चैत १०। नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।
यसअघि सार्वजनिक प्रारम्भिक विवरणमा दुई करोड ९१ लाख ९२ हजार ४८० थियो। केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार अन्तिम नतिजा सार्वजनिक गर्दै प्रारम्भिकभन्दा केही कम रहेको जनाएको हो। गएको १० वर्षमा २७ लाखले नेपालीको जनसंख्या बढेको बताइएको छ। पुरुषभन्दा महिला ६ लाख ५० हजार बढी रहेको बताइएको छ।
जनसंख्या बृद्धिदर विकसित मुलुककै दाँजोमा रहेको बताइएको छ। नेपालको १२औं चरणको जनगणना २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म गरिएको थियो। २०७८ मंसिर ९ गते मध्याह्न १२ बजेसम्म उक्त जनसंख्या नेपालमा रहेको बताइएको छ। जनसंख्या वृद्धिदर ० दशमलव ९२ प्रतिशत प्रतिवर्ष रहेको बताइएको छ। सबैभन्दा धेरै २० प्रतिशतभन्दा कम क्षेत्र ओगट्ने तराईमा ५४ प्रतिशत जनसंख्या रहेको बताइएको छ।