आइजीपीको दाबेदार डिआइजी अशोक सिंहले दिए राजीनामा !

  फागुन १०, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन १० । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक डिआइजी अशोक सिंहले पदबाट राजीनामा दिएका छन् ।

सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखसमेत रहेका उनले बुधबार प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् ।

आउँदो चैत ११ पछि नियुक्त हुने प्रहरी महानिरीक्षकको दाबेदारीको रुपमा रहेका सिंहले राजीनामा दिएसँगै अब महानिरीक्षकको दौडमा डीआईजी टेकप्रसाद राई, वसन्त कुँवर, दीपक थापा देखिनेछन् ।

तपाईंको प्रतिक्रिया

थप खबर