सुनको भाउ बिहीबार तोलामा ६ सय रुपैयाँले घट्यो

  फागुन ०४, २०७९

मिडियाबाजी डटकम ४ फागुन काठमाडौं। सुनको भाउ बिहीबार तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ३ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । 

यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार १ सय रुपैयाँ निर्धारण भएको थियो । बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ १२ सय ९० रुपैयाँ कायम रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर