आन्दोलित यातायात मजदुर र सरकारबीच सिंहदरबारमा वार्ता सुरु

  फागुन ०२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन २ । सरकार र आन्दोलित यातायात मजदुरबीच सिंहदरबारमा वार्ता सुरु भएको छ ।

ट्राफिक जरिवाना बढाइएकोलगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएका मजदुरसँग सरकारले सिंहदरबारमा वार्ता सुरु गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमै वार्ता सुरु भएको छ । वार्तामा बढाइएको ट्राफिक जरिवानालगायत मागहरू र आन्दोलन फिर्ता गर्ने विषयमा छलफल केन्द्रित भएको ५ ।

तपाईंको प्रतिक्रिया

थप खबर