राष्ट्रपतिको सवारीमा डाक्टरमाथि प्रहरीको कुटपिट

  माघ २७, २०७९

मिडियाबाजी डटकम काठमाडौं,माघ २७।राष्ट्रपति सवारी भएको समयमा हिँडेको भन्दै प्रहरीले ट्रमा सेन्टरका डाक्टर जनिथलाल सिंहलाई कुटपिट गरेको छ।

शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी बानेश्वरस्थित संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्न गएकी थिइन्। सम्बोधन गरेर फर्किने क्रममा बाटो खाली गराइएको थियो। त्यही बेला वीर अस्पतालबाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए। प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका चिकित्सक जनिथलाल सिंह घाइते भएका छन्।

डाक्टरको कार्ड देखाएर हिँड्न समेत नदिइएको उनीहरूले बताएका छन्। विरोधमा उत्रिएका स्वास्थ्यकर्मीले घटनामा संलग्न प्रहरीले डाक्टरसँग माफी माग्नुपर्ने माग राखेका छन् । बाटो खाली गराइएको बेलामा हिँडेको भन्दै प्रहरीले सिंहलाई कुटपिट गरेका हुन्।

उनको टाउकोमा चोट लागेको छ। घटनाको विरोधमा त्यहाँका चिकित्सकहरूले प्रर्दशन गरिरहेका छन्।ट्रमा सेन्टर अगाडिको सडकमा उक्त घटनाको विरोधमा चिकित्सकहरूले प्रर्दशन गर्ने क्रममा चिकित्सक र प्रहरीबीच भनाभन भएको थियो। यो क्रममा सडकसमेत केहीबेर अवरूद्ध भएको थियो।

तपाईंको प्रतिक्रिया

थप खबर