मिडियाबाजी डटकम काठमाडौं,माघ १९। पेरिस सेन्ट जर्मने (पीएसजी) ले फ्रेन्च लिगमा वानमा मोन्टेपिलरलाई बुधबार राती ३-१ ले पराजित गर्दा स्टार फरवार्ड केलियन एमबाप्पेका लागि भने बिर्सनलायक बन्यो ।
एमबाप्पेले घाइते भएर मैदान छाड्नुअघि दुई पटक पेनाल्टीमा चुके भने पोष्ट नजिकैबाट रिबाउन्डमा पनि गोल गर्न सकेनन् ।पीएसजीलाई जित दिलाउन फाबियन रुइज, लिओनल मेसी र वारेन जैरे एमेरीले गोल गरे । मोन्टपोलिएरका एर्नाअड नोर्दिनले एक गोल फर्काए ।यस जितपछि फीएजीले दोस्रो स्थानको मरासेमाथि ५ अंकको अग्रता बनाएको छ । २१ खेलबाट पीएसजीको ५१ अंक छ भने मर्सेको समान खेलबाट ४६ अंक छ । नान्ट्सलाई २-० ले हराएर मार्से दोस्रो स्थानमा उक्लेको छ ।