मिडियाबाजी डटकम काठमाडौं, माघ १८ । भारतीय आयल कर्पोरेशन आईओसीले इन्धनको नयाँ मूल्य निर्धारण गरेको छ । नेपाल आयल निगमका अनुसार मंगलबार आज साँझ १२ बजेदेखि लागू हुनेगरी बढेर नयाँ मूल्य पठाएको हो । नयाँ निर्धारित मूल्यमा पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले बढेको छ ।
त्यस्तैगरी मट्टितेलको मूल्य एक लिटरमा ४ रुपैयाँ ८० पैसा, हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेको हो । उता खाना पकाउने ग्याँसको भने मूल्य परिवर्तन भएको छैन ।