मिडियाबाजी डटकम काठमाडौं, माघ १६ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.०१ अंक घटेर बन्द भएको छ । आइतबार साढे १४ अंक घटेको नेप्से सोमबार पनि घटेर २१२७.५२ विन्दुमा रोकिएको हो ।
घटेको बजारमा एक दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । मूल्य घटेसँगै यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । सर्वाधिक सेयर मूल्य घट्नेमा युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको सेयर मूल्य ७.१४ प्रतिशतले घटेको छ ।