राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने पुनर्स्थापित

  माघ १५, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १५ ।  निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनर्स्थापित भएका छन् । आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले लामिछानेलाई पुनः सभापतिमा चयन गरेको हो ।

आइतबार नै लामिछानेले सबै प्रकृया पुरा गरेर नेपालको नागरिकता समेत हासिल गरिसकेका छन् । नागरिकता हासिल गरेसंगै उनी पार्टी सभापतिमा पुनः चयन गरिएका हुन् । यसअघि उनले शुक्रवार साँझ पार्टीको सभापति पदबाट राजीनामा दिएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर