मिडियाबाजी डटकम काठमाडौं, माघ १२ । दिगो विकास तथा सुशासन समितिले किसानहरूलाई कृषि मल समयमा नै उपलब्ध गराउने सुनिश्चितताका सम्बन्धमा कार्ययोजनासहित समितिको अर्को बैठकमा उपस्थितिका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय लाई निर्देशन दिएको छ । समितिका सभापति प्रकाश पन्थको सभापतित्वमा बुधबार बसेको १२३ औँ बैठकले सो निर्देशन दिएको हो ।
बैठकमा किसानहरूलाई कृषि मल एवं बीउविजन समयमा नै उपलब्ध गराउने सुनिश्चितता सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सरोकारवालसँग छलफल गरिएको थियो । बैठकमा समितिका सदस्यहरु कृष्णप्रसाद पौडेल, नन्दा चपाई, नारायणप्रसाद दाहाल, भुवनबहादुर सुनार, महेशकुमार महरा, विमला घिमिरे, सिँगबहादुर विक, शारदा देवी भट्ट, प्रतिनिधि सभाका सदस्यहरु सरिता प्रसाई र देव प्रसाद तिमिल्सेनाले बैठकमा धारणा तथा सुझाव राखेका थिए ।
यसै गरी राष्ट्रिय किसान आयोगका अध्यक्ष डा। प्रेमप्रसाद दंगाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा। गोविन्द प्रसाद शर्मा, कृषि सामग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक नेत्र बहादुर भण्डारी, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका ना।प्र।कार्यकारी अधिकृत कुमार राजभण्डारी र अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी केन्द्र०का सचिव शिवहरि खनालले बैठकको छलफलमा भाग लिएका थिए।