सातौँ नुवाकोट महोत्सव माघ २७ गतेदेखि हुने

  माघ ११, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ ११ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा माघ २७ गतेदेखि फागुन १० गतेसम्म सातौँ नुवाकोट महोत्सव गर्ने भएको छ । ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्बर्द्धन, दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रवर्द्धन’ भन्ने नाराका साथ महोत्सव आयोजना गर्न लागिएको हो ।

बिहिबार विदुरमा संघले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै संघका अध्यक्ष ताराबहादुर कार्कीले जिल्लाको समग्र विकासका सम्भावनालाई उजागर गर्दा परम्परागत कला र संस्कृतिको जगेर्ना व्यवसायिक कृषि, जलविद्युत, पर्यटन, हस्तकला एवं व्यापार व्यवसायलाई प्रवद्धन गरी जिल्लामा आर्धिक तथा लगानीमैत्री वातावरणको सिर्जना तथा ब्राह्य लगानीलाई आकर्षण गर्ने उद्देश्य महोत्सवको रहेको बताए । महोत्सव सञ्चालनका लागि विभिन्न ३० वटा विषयगत उपसमितिहरु निर्माण गरिएको संघका प्रवक्ता सबिन राजभण्डारीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर