नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई कारबाही गर्न निर्देशन

  माघ १०, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १० । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ । नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा त्यहाँको नियम नमाने भन्दै पाइलटलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको हो । ति पाएलटले त्यहाँ एटीसीको इन्स्ट्रक्सन नमानी जोखिमपूर्ण अवतरण गराएका थिए ।

प्रवक्ता जगन्नाथ निरौलाका अनुसार निगमलाई ३ जना पाइलटलाई निलम्बन गर्न निर्देशन पठाएको छ । , ‘विमानस्थलमा अवतरण गर्दा त्यहाँको एटीसीको नियम पालना गर्नुपर्ने भएपनि नियमको उल्लङघन गरेको निर्देशन पाएपछि कार्बाही गर्ने निर्देशन दिएको हो । निलम्बनमा पर्नेमा उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मा छन् ।

प्राधिकरणले दिएको निर्देशनसँगै निगमले ३ जना पाइलटलाई निलम्बन गर्ने बताएको छ । प्राधिकरणले ती पाइलटहरुलाई बोलाएर सोधपुछ गरेपछि निलम्बन लम्ब्याउने वा नलम्ब्याउने विषयमा निर्णय हुने निरौलाले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर